यो हदसम्म गरियो अरुको नागरिकता दुरुपयोग

यो हदसम्म गरियो अरुको नागरिकता दुरुपयोग
सुन्नुहोस्

एउटा गिरोहले अरुको नागरिकतामा आफ्नो फोटो टाँसेर ठूलो ठगी गरेको छ । अरुको नागरिकतामा आफ्नो फोटो टाँसेर बैंकमा खाता खोल्दै ठग्ने गिरोहलाई प्रहरीले पक्रेको छ ।

सप्तरी जिल्ला प्रहरी कार्यालयले राजविराज नगरपालिका–१२ का २० वर्षका अरूणकुमार यादव र २८ वर्षे अभिषेक यादवलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

राजविराज १ का विजयकुमार यादवको हराएको नागरिकतामा अरुणकुमारले आफ्नो फोटो टाँसेर बैंकमा खाता खोलेका थिए । सोही खातामा ठगीको रकम जम्मा गरेर प्रयोग गरेको खुलासा भएको हो ।

प्रहरी अनुसन्धानबाट विजयकुमार यादवमाथि काठमाडौं र चितवनमा ठगी मुद्दा चलाइएपछि सप्तरी प्रहरीमा परेको उजुरीपछि उनको हराएको नागरिकताको दुरुपयोग गरेर अरुण र अभिषेकले ठगी कार्यलाई निरन्तरता दिएको तथ्य खुलेको हो ।

टिप्पणीहरू