एसबिआईका ग्राहकलाई द रुबसमा छुट

नेपाल एसबिआई बैंकका ग्राहकले द रुबस होटलमा विशेष छुट पाउने भएका छन् ।
डेबिट कार्ड होल्डर र मोबाइल बैंकिङ्ग प्रयोगकर्ताले उक्त छुट प्राप्त गर्न लागेका हुन् । कैलालीको धनगढीमा रहेको उक्त होटलबाट प्रवाह हुने खाद्य, पेय पदार्थ तथा अन्य सेवाहरुमा १० प्रतिशतसम्म छुट पाउने जनाइएको छ ।
छुटसम्बन्धी सम्झौतापत्रमा बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख सन्तोषकुमार भण्डारी र होटलका प्रबन्ध निर्देशक प्रकाश भट्टले हस्ताक्षर गरेका छन् ।
विगत तीन दशकदेखि बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको एसबिआई बैंकले देशभर आफ्ना एक सय शाखा, २२ एक्स्टेन्सन काउन्टर, २० शाखारहित बैंकिङ्ग, सात प्रादेशिक कार्यालय, एक सय २५ एटिएम र एक कर्पोरेट कार्यालयमार्फत सेवा प्रवाह गरिरहेको छ ।
टिप्पणीहरू