दिनेश बोलेको बोल्यै, हिरामान हेरेको हेर्यै .....

प्रेस चौतारी सिन्धुपाल्चोकको छैटौं अधिवेशन फागुन ७ गते सुकुटेमा सम्पन्न भयो । उक्त अधिवेशनले विदुर आचार्यलाई नै अध्यक्ष बनाएको छ ।
मंसिर २८ गते सम्पन्न पत्रकार महासंघको निर्वाचनमा ह्विपविपरीत लागेको भन्दै चौतारीले कारबाही गरेका दिनेश थापा मञ्चमा बोलिरहँदा उनलाई कारबाही गर्ने चौतारीका महासचिव हिरामान लामा भने हेरिरहेका थिए । रोचक कुरा त प्रमोद न्यौपानेलाई समेत अतिथि बनाइएको थियो ।
जबकि उनी रास्वपा केन्द्रीय कार्यालयको मुख्य सचिवमा नियुक्त भएर रवि लामिछाने गृहमन्त्री हुँदा पीएको जागिर खाएका थिए । गत वर्ष रविले १२ भाइ मिडिया भन्दै मूलधारका मिडियालाई गाली गर्दाको ड्राफ्ट न्यौपानेले नै गरेका थिए भन्ने चर्चा थियो । न्यौपानेलाई मञ्चमा देख्दा कुनै बेला उनकै सहकर्मीहरू माधव नेपाल र विमल नेपाल तीन छक परेका थिए ।
टिप्पणीहरू