युवा नेताहरुले पनि गरिखाएकै राम्रो

एमालेनिकट अनेरास्ववियुका अधिकांश नेता व्यवसायमा संलग्न भएको पाइएको छ । नेकपाकालमा अध्यक्ष समिक बडाल लकडाउन (२०७६) शुरु हुनु पूर्वदेखि नै व्यवसायमा थिए । उनी कान्तिपुर भेट कम्पनीमा आबद्ध छन्।
नेपाल बार काउन्सिल कुपण्डोलनजिकै अफिस राखेका छन् । उक्त कम्पनीले भेटेनरीसम्बन्धी औषधि सप्लाई तथा खरिद बिक्री गर्छ । बडाल अध्यक्ष हुनुअघिसम्म पब्लिक रिलेसनसिप अफिसरको रूपमा कार्यरत थिए । अहिले व्यस्तताले सधैं जान नपाए पनि बेला बखत जाने गरेका छन् ।
फागुन ७ गते प्रगतिशील विवाह गरेका उपाध्यक्ष धर्म गिरी सेयर बजारका खेलाडी हुन् । उनको लगानी बर्गर हाउस नरेफाँटमा छ ।
पहिलोपटक नै महाधिवेशन प्रतिनिधि भएर आएका थिए डा. सुजन कडरिया । सचिव बन्न सफल भए । स्थानीय निर्वाचन २०७९ मा ‘मैले यस गाउँपालिका अध्यक्षमा जितेँ भने महिलालाई राम्रो गर्छु’ भनेर चर्चामा आएका लिखु तामाकोशी गापाका कमल कडरियाका छोरा हुन् । कडरिया ‘क’ वर्गको ठेकेदारसमेत हुन् ।
कुनै बेलाका बस व्यवसायी हुन्– प्रकाश पौडेल । पृथ्वीसुब्बा गुरुङको खास मान्छे । विनिता काफ्ले हुन् या सिटिइभिटीका उत्पादन दीपक धामी र आरती भट्टराई, सबै जल्दाबल्दा छन् ।
सञ्जीव धिताल, मनोज ताम्ली र अञ्जना शिवाकोटी मरिमेटेर संगठनमा खटिएका छन् । धितालले त्रिचन्द्रजस्तो नेविसंघको गढ रहेको क्याम्पसमा अखिलको संगठन विस्तार गर्दै आएका छन् भने ताम्ली झापामा प्राक, क्षेत्रीय कमिटी, जिल्ला र प्रदेश हुँदै केन्द्रीय सदस्य हुँदै केन्द्रीय पदाधिकारी भएका हुन् । अञ्जना शिवाकोटी मधेशबाट प्रतिनिधित्व गर्छिन् । तल्लो कमिटीदेखि नै संगठनमा काम गर्दै आएकी करातेको ब्ल्याकबेल्टसमेत हुन्।
विदेशी महिलालाई हातपात गरेको आरोप लागेपछि नेपाल स्काउटद्वारा निलम्बनको पूर्वाग्रही शिकार भएका पोख्रेली आशीर्वाद सुवेदी सचिव छन् । अचेल संगठनको गतिविधिमा खासै सक्रिय छैनन् । अर्का सचिव छन्– कन्सर्ट भनेपछि हुरुक्कै हुने । केन्द्रीय सदस्य उज्ज्वल खड्कासँग टियुको कमिटी बनाउने विषयमा हात हालाहालसमेत भएको थियो ।
पछि तिनै उज्ज्वललाई केन्द्रीय सदस्यसमेत नरहने गरी कारबाही गर्न सफल भए । अहिले त्यो कारवाही भारी पर्दै छ अखिललाई । उनले आसन्न स्ववियु निर्वाचनमा सभापति उठ्ने घोषणा गरेर माहोल तताइरहेका छन् ।
गत अधिवेशनमा अन्तिममा अर्थमन्त्री विष्णु पौडेलनिकट भएर कोषाध्यक्ष हुन सफल बुटवलका संगम अर्याल संगठनमा पनि अलि बढी सक्रिय भइदिए हुने भन्दै एक स्थायी कमिटी सदस्य पार्टी कार्यालय च्यासलसँगै रहेको माम्सा क्याफेमा कफी पिइरहेका हुन्छन् ।
टिप्पणीहरू