ललितपुरका भिआईपी क्षेत्रमा थप सतर्कता

ललितपुरका संवेदनशील स्थानहरुमा निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरले अति विशिष्ट व्यक्तिहरुको निवास र प्रशासनिक कार्यालय आसपासका क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।
पुल्चोकस्थित युएन हाउस, पूरानो मन्त्री निवास र भैंसीपाटीस्थित नयाँ मन्त्री निवास क्षेत्रमा आगामी दुई महिनासम्म पाँच जनाभन्दा भेला हुन रोक लगाइएको छ । प्रशासनका अनुसार निषेधाज्ञा भोलिबाट लागू हुनेछ ।
निषेधाज्ञा अवधिभर यी क्षेत्रमा अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभाजस्ता विरोधका कार्यक्रम गर्न नपाइने स्पष्ट पारिएको छ । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ (क) अनुसार प्रशासनले लामो समयदेखि यी स्थानमा निषेधाज्ञा लगाउँदै आइरहेको जनाएको छ ।
टिप्पणीहरू