पराईसँग मिलेर पतिले पेलेपछि....

पराईसँग मिलेर पतिले पेलेपछि....
सुन्नुहोस्

पहिचानवादी अभियन्ता, कवि, पत्रकारका रुपमा परिचित धरानका अमित थेबे लिम्बु र हालै काठमाडौँमा एक लाखको पुरस्कार पाएकी सिक्किमकी अन्वेषक, लेखक सन्ध्या सिङ्जाङ्सो सुब्बाका तस्बिर सार्वजनिक भएपछि पूर्वी नेपालका पहिचानवादीबीच हंगामा मच्चिएको छ । अमित पत्नी शान्ति धिमालले त्यस्ता तस्बिर फेसबुकमार्फत सार्वजनिक गरिदिएकी हुन् । 

अमित र शान्तिको डेढ दशकअघि प्रेमविवाह भएको थियो । उनीहरूका दुई छोरीसमेत छन् । केही वर्षदेखि अमित शान्तिलाई धरानमा छाडेर बेलायत जाने–आउने गरिरहेका थिए । शान्तिले फेसबुकमा लेखेअनुसार अमित किताब लेख्ने, अनुसन्धान गर्ने भन्दै सिक्किमसमेत आउजाउ गर्थे । सोही क्रममा सन्ध्यासँग विवाहेत्तर प्रेम सम्बन्ध स्थापित भएको हो । 

त्यसयता लिम्बुवान र पहिचानबारे अध्ययन, अनुसन्धान गर्ने भन्दै पटक पटक धरान आउने गरेकी सन्ध्याका विषयमा अमितले आफूनिकट पत्रकारमार्फत लेख्न लगाउने र विभिन्न पुरस्कारसमेत दिलाउने काम गरे । माघ २० गते सन्ध्यालाई नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले काठमाडौँमा कार्यक्रम आयोजना गरेर साहित्यकार बैरागी काईंलाको हातबाट १ लाख राशिको प्रतिभा पुरस्कार प्रदान गरेलगत्तै अमितसँगका अन्तरंग तस्विर सार्वजनिक भएपछि हंगामा मच्चिएको हो । सिक्किमकी सन्ध्याले आफ्ना श्रीमान्सँग सम्बन्ध बिच्छेद गरेर अमितसँग विवाह गर्ने तयारी गरेको थाहा पाएपछि अमित र शान्तिबीच सम्बन्ध बिग्रिएको छ । सन्ध्याले शान्तिलाई १५ लाख रूपैयाँ दिएर सम्बन्ध बिच्छेद गर्न सुझाएको च्याट कुराकानीमा देखिन्छ । जसमा सन्ध्याले त्यो पैसा आफूले दिने वाचा गरेकी छन् ।

 अमितले आफू र छोरीहरूलाई वास्ता नगरेको भन्दै लिम्बु समुदायका गन्यमान्य व्यक्ति, पत्रकार, लेखकहरूलाई पटकपटक पतिको मन फर्काइदिन अनुरोध गरेकी थिइन् तर कतैबाट आफ्नो कुरा नसुनिएपछि फेसबुकमा शान्तिले फोटो सार्वजनिक गरिदिएकी हुन् । उनले पति र सासूले मानसिक र शारिरीक यातना दिएपछि आफू माईतीको शरणमा बस्दै आएको बताएकी छन् । 

शान्तिले न्यायका लागि प्रहरी र अदालत धाउँदा पनि पहुँच नहुँदा न्याय नपाएको गुनासो गरेकी छन् । अमितले भने यस विषयमा बोलेका छैनन् । उनी पछिल्लो समय कोशी नामकरण विरुद्धको आन्दोलन र पाथीभरा केबलकारविरुद्धको आन्दोलनमा संलग्न छन् ।

- उर्मिला चाम्लिङ 
 

टिप्पणीहरू