पोखरा ओर्लियो चिनियाँ जहाज

सुन्नुहोस्

चीनको छेन्दु अन्तराष्ट्रिय विमानस्थलबाट पोखरा अन्तराष्ट्रिय विमानस्थलमा नियमित व्यवसायिक चार्टड उडान शुरु भएको छ । नेपाल-चीन कुटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको अवसरमा चार्टड उडान शुरु गरिएको हो । 

चिनियाँ पर्यटक र व्यवसायी बोकेर छेन्दु विमानस्थलबाट उडेको सिचुवान एयरलाइन्सको एउटा जहाज बिहान पोखरा ओर्लिसकेको छ । पर्यटन बोर्ड र नेपालस्थित चिनियाँ दूतावासको पहलमा उक्त उडान सफल भएको बताइएको छ । 

हिजो एक विज्ञप्ति जारी गर्दै बोर्डले चिनियाँ पर्यटकलाई मध्य र पश्चिम नेपालसँग जोड्न हवाई उडान शुरु गरिएको जनाएको थियो । साथै, यस उडानले ‘भिजिट नेपाल २०२५’ र ‘पोखरा पर्यटन वर्ष’ अभियानलाई समेत सहयोग पुग्ने विश्वास छ ।
 

टिप्पणीहरू