एसईईको जाँच नसकिएसम्म दुर्गेशले गीत नगाउने

‘बिजुली बालेर..हट भएर..पट भएर..’ गीतले दर्शक झुमाइरहेका गायक दुर्गेश थापाले दुई हप्ताको लागि कन्सर्ट स्थगित गरेका छन् ।
देशभरका मेला-महोत्सवमा डिमान्ड बढ्दै गए पनि भोलिदेखि शुरु हुने एसईईका परीक्षार्थीहरुलाई असर पुग्ने भन्दै उनले कार्यक्रम रोकेका हुन् । दुर्गेशले परीक्षामा सहभागी सबैलाई शुभकामनासमेत दिएका छन् ।
‘यदि मैले कार्यक्रम गर्दै हिँडे भने त्यसले पढाइलाई डिस्ट्रब गर्छ, ध्यान विकेन्द्रीत हुन्छ र भविष्यमा पनि असर पार्न सक्छ’, विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, ‘यी कुरालाई मध्यनजर गर्दै परिक्षा सञ्चालन हुने अवधिभर मैले कुनै पनि कार्यक्रम नगर्ने घोषणा गर्दछु ।’
दर्शकको मनोरञ्जनको लागि मात्र नभई उनीहरुको भविष्यको लागि पनि आफू सचेत रहेको दुर्गेशको भनाई छ । ‘एसईई परिक्षा हाम्रो जीवनको महत्वपूर्ण घडी हो, म केवल मनोरञ्जनमा मात्रै होइन, उज्ववल भविष्यको लागि पनि सधैँ हजुरहरुसँग हुनेछु’, उनले थपेका छन् ।
पढाइमा गरिएको लगानी कहिल्यै खेर नजाने भन्दै गायक दुर्गेशले परीक्षा दिने सबैलाई उत्प्रेरित गरेका छन् ।
टिप्पणीहरू