एमसिसी नेपालमा निरन्तर रहने संकेत

एमसिसी नेपालमा निरन्तर रहने संकेत
सुन्नुहोस्

नेपालमा अमेरिकी मुख्य सहयोग कार्यक्रम एमसिसीका परियोजना सञ्चालनमा रहेको सन्देश दिइएको छ । एक महिनाअघि मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) ले आफ्नो कार्यक्रम स्थगन भएको जनाउँदै अर्थ मन्त्रालयलाई जानकारी दिएको थियो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो पटक सत्ता सम्हालेपछि वैदेशिक सहायता कटौती गर्ने नीति अवलम्बन गरेपछि विश्वभरका युएसएड र एमसीसी कार्यक्रम स्थगन गरिएको छ । तर, एमसिसी परियोजना कार्यान्वयनको निम्ति यहाँ रहेको एमसिए नेपालले दुई वटा परियोजना अघि बढाउन परामर्श सेवा खरिदसम्बन्धी बोलपत्र आह्वान गरेको छ। 

आज जारी बोलपत्रले नेपालमा एमसिसी परियोजना सञ्चालनमा रहेको सन्देश दिन खोजिएको बताइन्छ । सूचनामा नारायणगढ– मुगलिङ सडकको आवधिक मर्मतका लागि डिजाइन र निर्माण पर्यवेक्षण तथा दाङको धानखोला–लमही सडक खण्डको फुटपाथ सुपरीवेक्षणका लागि परामर्श सेवा दिन इच्छुक फर्मलाई आह्वान गरिएको छ ।
 

Loading WEBGL 3D ...
Loading PDF Worker CORS ...

टिप्पणीहरू