ट्रायल सेन्टरबाट पक्राउ परेकाहरु धरौटीमा रिहा

सवारी चालक अनुमति पत्र (लाइसेन्स) को लिखित र ट्रायल परीक्षा पास गराइदिने प्रलोभनमा रकम ठगेका एक दर्जन बढी धरौटीमा छुटेका छन् ।
काठमाडौंको गोकर्णेश्वर नगरपालिका–७, स्थित एक ट्रायल सेन्टरबाट पक्राउ परेका उनीहरु जिल्ला प्रशासन कार्यालय काठमाडौंको आदेशबमोजिम आज धरौटीमा रिहा भएका हुन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ परेका १४ जना अभद्र व्यवहार कसुरमा प्रतिव्यक्ति १० हजार रुपैयाँ धरौटीमा रिहा भएका छन् । लाइसेन्सको लिखित र ट्रायल पास गराइदिने आश्वासनमा सेवाग्राहीसँग रकम मागेर दुःख, हैरानी दिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।
टिप्पणीहरू