लुम्बिनीमा शुरु भयाे अन्तर्राष्ट्रिय शान्ति उत्सव

लुम्बिनीमा शुरु भयाे अन्तर्राष्ट्रिय  शान्ति उत्सव

- नरेश के सी

बुध्द जन्मस्थलकाे प्रबर्धन गर्ने उध्देश्यसहित आजदेखि लुम्बिनीमा अन्तर्राष्ट्रिय शान्ति उत्सव शुरु भएकाे छ ।

महाेत्सवकाे स्वागतमा आयाेजित कार्यक्रममा नेपालस्थित चिनियाँ राजदूत चेन साेङले बाेल्दै  लुम्बिनी विश्वकै पवित्र ठाउँ भएकाे बताए । उनले  बुध्द जन्मस्थल लुम्बिनीबाट बुध्द शिक्षा संसारकाे लागि प्रचार प्रसार गर्न  महत्त्वपूर्ण रहने बताए ।

साेङले  लुम्बिनीलाई ध्यानकाे अन्तर्राष्ट्रिय केन्द्र बनाउन सकिने पनि बताए । "नेपाल र चीनकाे सम्बन्ध हार्ट टु हार्ट अर्थात मनदेखि मनसम्म रहेकाे छ ।",उनले भने साे अवसरमा नेपाल ओलिम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले नेपाल र चीनकाे दाैत्य सम्बन्धलाई अझै मजबुत बनाउन लुम्बिनी शान्ति उत्सव थप प्रभावकारी हुने बताए ।

कार्यक्रममा लुम्बिनी विकास काेषका उपाध्यक्ष डा.ल्हारक्याल लामाले लुम्बिनीकाे प्रबर्धन र सम्बर्धनकाे लागि चिनियाँ  दूतावासकाे सहकार्यका कार्यक्रम फलदायी हुने राय व्यक्त गरे ।

कार्यक्रममा पर्यटन,सँस्कृति तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डे,लुम्बिनी साँस्कृतिक नगरपालिका प्रमुख सरुजिध्दिन खानकाे पनि आतिथ्यता रहेकाे थियाे । लुम्बिनीमा आजदेखि शुरु भएकाे कार्यक्रम ३ दिनसम्म विविध कार्यक्रमसहित मनाइँदैछ ।

टिप्पणीहरू