अर्बौं तिर्न बाँकी दुर्गा प्रसाईं जनविद्रोह गर्छु भन्दै दिल्ली पुगे

राजा,राजसंस्था र हिन्दूराज्य पुनस्थापनाको अभियानमा लागेका विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईं भारतको राजधानी नयाँ दिल्ली पुगेका छन् । उनी हिजो दिउँसो साढे २ बजे इण्डिगो एअरलाइन्सको उडानमा काठमाडौंबाट त्यता गएका हुन् ।
उनै प्रसाईंले चैत १५ गतेदेखि राजा र राजसंस्थाको पक्षमा गणतन्त्रविरुद्ध जनविद्रोह गरिने चेतावनी दिएका छन् । देश जोगाउने अभियान भन्दै काठमाडौंको तीनकुनेमा हुने विद्रोहमा भाग लिन समर्थकहरुलाई आग्रह गरेका उनले बैंक तथा वित्तीय संस्था र विशेषगरी लघुवित्त वित्तीय संस्थाबाट कर्जा लिएकाहरुलाई ऋणको साँवा तथा ब्याज नतिर्न आह्वान गर्दै आएका छन् । विशेषगरी त्यस्तो कर्जा लिएकाहरुले प्रसाईंको आह्वानमा भाग लिने गरेको पाइन्छ ।
उनले आठ वटा बैंक तथा वित्तीय संस्थाहरुलाई कर्जाको साँवा र ब्याज गरेर झण्डै सात अर्ब रुपैयाँ तिर्न बाँकी छ । बि एण्ड सी मेडिकल कलेज तथा पूर्वाञ्चल क्यान्सर अस्पतालमा मात्रै ब्याज बाहेक बैंकहरुको करिब ६ अर्ब कर्जा रहेको राष्ट्र बैंक स्रोतको दाबी छ ।
उनी स्वयमले आठ वटा बैंक तथा वित्तीय संस्थाहरुलाई कर्जाको साँवा र ब्याज गरेर झण्डै सात अर्ब रुपैयाँ तिर्न बाँकी छ । बी एण्ड सी मेडिकल कलेज तथा पूर्वाञ्चल क्यान्सर अस्पतालमा मात्रै ब्याज बाहेक बैंकहरुको करिब ६ अर्ब कर्जा रहेको राष्ट्र बैंक स्रोतको दाबी छ ।
उनले यसअघि २०७९ असोज र पुससम्मको मात्रै साँवा र ब्याज तिरेको देखिन्छ । उनलाई सबैभन्दा धेरै विनोद चौधरीको बैंकको रुपमा चिनिएको नबिलले कर्जा दिएको हो । तत्कालीन एनबी बैंकले दिएको कर्जा उक्त बैंक मर्ज भएपछि नबिलले सकारेको थियो ।सिईओ ज्ञानेन्द्र ढुंगानाले प्रसाईंलाई सबैभन्दा धेरै कर्जा उपलब्ध गराएको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् ।
टिप्पणीहरू