यस्तो छ प्रधानमन्त्रीको आजको दौडधुप

प्रधानमन्त्री केपी शर्मा ओली आज दिनभर आधा दर्जन कार्यक्रममा सहभागी हुनुहुने भएको छ । बिहान ११ बजे नेपाल उद्योग वाणिज्य महासंघको कार्यक्रमका निम्ति काठमाडौंको बबरमहलस्थित कार्की ब्याङ्केटमा पुगेर उहाँ भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लब जाने सेड्युल छ ।
साढे १२ बजेदेखि प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार वितरण कार्यक्रम रहेको छ । दिँउसो २ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ऊर्जा,सिँचाई तथा जलस्रोत मन्त्रालयका प्रतिनिधिसँग तनहुँ र दूधकोशी जलविद्युतसम्बन्धी छलफल राखिएको छ ।
प्रधानमन्त्री ओलीसँगै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल सो छलफलमा उपस्थित हुनुहुने सचिवालयले जनाएको छ । दिउँसो ३ बजे स्वास्थ्यमन्त्री प्रदीप पौडेल र सचिव डा. विकास देवकोटासँग भेटघाट गर्नुहुनेछ । साँझ ६ बजे लाजिम्पाटस्थित होटल र्याडिसनमा आयोजित नेपाल नेफ्थोलोजी समाजको सम्मेलनमा सहभागी हुनुहुने छ ।
टिप्पणीहरू