दिक्तेल पुग्यो सिटिजन्स, विद्यालयलाई कम्प्युटर र प्रिन्टर

दिक्तेल पुग्यो सिटिजन्स, विद्यालयलाई कम्प्युटर र प्रिन्टर
सुन्नुहोस्

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ मा शाखा खोलेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले शाखा उद्घाटन गर्दै उच्चस्तरीय ग्राहक सेवामा आफूहरु समर्पित रहने बताए । आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा सुविधा पुर्याउने क्रममा दिक्तेलमा शाखा सञ्चालनमा ल्याइएको उनको दाबी छ । 

खोटाङमा नयाँ शाखाको सञ्चालनसँगै कोशी प्रदेशमा बैंकको शाखा संख्या २८ पुगेको छ । सुविधा सम्पन्न शाखाले सम्पूर्ण रिटेल बैंकिङ्ग सेवा प्रदान गर्नुका साथै साना तथा मझौला व्यवसायीमाझ वित्तिय पहुँच पुर्याउने लक्ष्य राखेको छ । 

नयाँ शाखा सञ्चालनको अवसरमा खाता खोल्नेलाई कर्पोरेट मोबाइल बैंकिङ्ग र इन्टरनेट बैंकिङ्गजस्ता सेवाहरु पहिलो वर्ष निःशुल्क प्रदान गरिने बैंकले जनाएको छ ।

त्यस्तै, डि–म्याट खाता खोल्दा लाग्ने शुल्कमा पनि पहिलो वर्षको लागि छुटको व्यवस्था गरिएको छ । शाखा विस्तार भएकै दिन बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत दिक्तेल–९, स्थित महेन्द्रोलय माध्यमिक विद्यालयलाई कम्प्युटर र प्रिन्टर उपलब्ध गराएको छ । 

विद्यालयमा आयोजित एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत पोखरेलले उक्त सामग्री हस्तान्तरण गर्दै बैंकको सानो सहयोगले विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थी लाभान्वित हुने विश्वास व्यक्त गरे ।
 
विश्वकै प्रतिष्ठित अवार्ड ‘बैंक अफ द ईयर २०२४’ को उपाधि प्राप्त गर्न सफल सिटिजन्स बैंकले केही समयअघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ समेत सञ्चालनमा ल्याएको छ । 

साथै, मुलुकमै पहिलो पटक मोबाइल बैंकिङ एपमार्फत नै शेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुविधा पनि ल्याएको छ । देशभरका ६१ जिल्लामा फैलिएको यस बैंकले आफ्ना दुई शाखा, एक सय ६७ वटा एटिएम, तीन विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ्ग ईकाइमार्फत साढे १८ लाख बढी ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

 

टिप्पणीहरू