नयाँ दिल्लीबाट उडेका अन्सारीको लखनउ नपुग्दै प्राणान्त

नयाँ दिल्लीबाट उडेका अन्सारीको लखनउ नपुग्दै प्राणान्त
सुन्नुहोस्

भारतको राजधानी नयाँ दिल्लीबाट आज बिहान लखनउ उडेका एक जना यात्रु सिटमै मृत भेटिएका छन् । एअर इण्डियाको उडान नम्बर एआई २८४५ मा बिहान उडेका ५२ वर्षे आशिफ दौला अन्सारीले सवा ८ बजे लखनउस्थित चौधरी चरनसिंह इन्टरनेशनल एअरपोर्टमा पुग्दा नपुग्दै प्राण त्यागेको बताइन्छ । 

टाइम्स अफ इण्डियाका अनुसार बिहारको गोपालगञ्जका अन्सारी विमान परिचारकले दिएको स्न्याक्स र पेय पदार्थसमेत नखाएको,सिटबेल्ट लगाइरहेको अवस्थामा मृत भेटिएका थिए । विमानभित्र रहेको चिकित्सक टोलीले तत्काल परीक्षण गर्ने क्रममा उनले अन्तिम सास फेरिसकेको बताए । 

लखनउ विमानस्थलबाट उनलाई तत्काल अस्पताल पुर्याए पनि जीवित नरहेकाले चिकित्सकले केही गर्न नसकेको एअरलाइन्स प्रतिनिधिले बताए । उनको मृत्युको कारणबारे अनुसन्धान थालिएको छ ।

टिप्पणीहरू