बुद्ध र यतीका विमान काठमाडौं डाइभर्ट, कतार र इण्डिगो आकाशमै होल्ड

मौसममा आएको अचानक परिवर्तनका कारण आज अपरान्ह केही उडान अवरुद्ध भएका छन् । सवा ४ बजे काठमाडौंबाट पोखरातर्फ उडेको बुद्ध र यती एअरका विमान पोखरामा अवतरण हुन नसकेपछि काठमाडौं डाइभर्ट गरेर पुनः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् ।
७१ जना यात्रु बोकेको बुद्धको उडान नम्बर बीएचए ६१७ तथा यती एअरको उडान नम्बर एनवाइटी ६८३ को विमान पौने ५ बजे काठमाडौंमा अवतरण गरेका हुन् । बुद्धको उडानमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे रहेको बताइन्छ ।
सोही समयमा प्रतिकूल मौसमका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतर्फ आउँदै गरेका दुईवटा अन्तर्राष्ट्रिय उडानका विमान लामो समय सिमरामाथिको आकाशमा होल्ड गरियो । नयाँ दिल्लीबाट आएको इण्डिगो र कतारको राजधानी दोहाबाट आएको कतार एयरवेजको विमानले आकाशमा धेरै फन्को लगाएका हुन् ।
टिप्पणीहरू