पूर्वराजा भोलि बिहान मनकामना मन्दिर पुग्दै

पूर्वराजा भोलि बिहान मनकामना मन्दिर पुग्दै
सुन्नुहोस्

पूर्वराजा ज्ञानेन्द्र शाहले भोलि बिहान गोरखाको मनकामना मन्दिरमा पूजाआजा गर्ने कार्यक्रम छ । उहाँले आज बिहान गोरखा सदरमुकाममा रहेको गोरखकाली र गोरखनाथ मन्दिर पुगेर पूजा गर्नुभएको छ । गोरखकाली शाहवंशका कूलदेवी हुन् भने गोरखनाथ इष्टदेवता । उहाँले गोरखनाथ गुफामा पूजापाठमा दुई घण्टा बढी समय बिताउनुभएको बताइन्छ । 

काठमाडौंबाट शिवपुरी, नुवाकोटको टोखा, बट्टार, देवीघाट, गल्छी सडक मार्ग हुँदै हिजो गोरखा जानुभएका उहाँ भोलि मनकामना पुग्नुहुने छ । मुलुकमा गणतन्त्र घोषणापछि पूर्वराजा ती मन्दिरमा पुग्नुभएको पहिलो पटक हो ।
 

टिप्पणीहरू