‘जनविद्रोह’ गर्छु भन्दै दिल्ली गएका दुर्गा प्रसाईं जीब्रो जँचाएर फिर्ता

‘जनविद्रोह’ गर्छु भन्दै दिल्ली गएका दुर्गा प्रसाईं जीब्रो जँचाएर फिर्ता

अस्ति दिउँसो काठमाडौंबाट नयाँ दिल्ली पुगेका राष्ट्र,राष्ट्रियता, धर्म,संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं फर्केका छन् । उनी नेपाल वायुसेवाको उडान नम्बर आरए २१८ मा साँझ सवा ७ बजे काठमाडौं आइपुगेको बुझिएको छ । 

उनी अस्ति दिउँसो इण्डिगो एअरलाइन्सको उडानबाट त्यता गएका थिए । उता जानुअघि प्रसाईंले चैत १५ गतेदेखि राजा र राजसंस्थाको पक्षमा गणतन्त्रविरुध्द जनविद्रोह गरिने चेतावनी दिएका उनले देश जोगाउने अभियान भन्दै काठमाडौंको तीनकुनेमा १५ गते  हुने विद्रोहमा भाग लिन समर्थकहरुलाई आग्रह गरेका छन् । त्यही दिन समाजवादी मोर्चाले रत्नपार्क र भृकुटीमण्डप क्षेत्रमा गणतन्त्र जोगाउने प्रदर्शन गर्दैछ ।

प्रसाईंले बैंक तथा वित्तीय संस्था र विशेषगरी लघुवित्त वित्तीय संस्थाबाट कर्जा लिएकाहरुलाई ऋणको साँवा तथा ब्याज नतिर्न आह्वान गर्दै आएका छन् । विशेषगरी त्यस्तो कर्जा लिएकाहरुले नै प्रसाईंको आह्वानमा हुने गरेका कार्यक्रममा भाग लिने गरेका छन् ।

उनी आफैले भने आठ वटा बैंक तथा वित्तीय संस्थाहरुलाई कर्जाको साँवा र ब्याज गरेर झण्डै सात अर्ब रुपैयाँ तिर्न बाँकी छ । बि एण्ड सी मेडिकल कलेज तथा पूर्वाञ्चल क्यान्सर अस्पतालमा मात्रै ब्याज बाहेक बैंकहरुको करिब ६ अर्ब कर्जा रहेको राष्ट्र बैंक स्रोतको दाबी छ ।
 

टिप्पणीहरू