पोखरा पुगेका पाहुनाहरु लुम्बिनी टेकेर काठमाण्डौ फिर्ता

चिनियाँ सिचुआन प्रान्तको राजधानी छन्तुबाट गत हप्ता पोखरा ओर्लिएका चिनियाँ पाहुनाहरु हिजो राति काठमाडौं आइपुगेका छन् । उनीहरु भैरहवास्थित गौतम बुध्द अन्तर्राष्ट्रिय विमानस्थलबाट बुध्द एअरलाइन्सको उडान नम्बर यु ४–८५२ मा राति पौने १० बजे काठमाण्डौ ओर्लिएका हुन् ।
गत मंगलबार छन्तु अन्तर्राष्ट्रिय विमानस्थलबाट सिचुवान एयरलाइन्सको विमानले पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित व्यवसायिक चार्टर्ड उडान थालेको थियो । नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको अवसरमा थालिएको उडानमा चीनबाट पाहुना, पर्यटक र व्यवसायी गरी १२७ जना आएका थिए ।
ती पाहुना र पर्यटक पोखरा घुमघामपछि लुम्बिनी गएका हुन् । हिजो लुम्बिनीबाट काठमाडौं आउनेमध्ये विदेशबाट फर्किएकाहरुको सँगठनका प्रान्तीय महासचिव सु यान्मेई, शाखा अधिकृत सि जुनचङ, लुचौ नगर कमिटीका अध्यक्ष चियाङ योङछ्याङ,महासचिव वु काङ छन् ।
त्यसैगरी लुचौ लाओचियाओ ग्रुपका उपाध्यक्ष याओ सिनचियान र लुचौ लाओचियाओ विकास तथा लगानी ग्रुप कम्पनीका अध्यक्ष वाङ काङ पनि हिजैराति लुम्बिनीबाट फर्केका छन् ।
टिप्पणीहरू