बेइजिङमा भारतको वसन्त मेला

बेइजिङमा भारतको वसन्त मेला

चीनको राजधानी बेइजिङमा वसन्त मेला आयोजना गरिएको छ । चीनमा पहिले बिरलै हुने भारतीय यस्तो मेला हिजो हजारौं चिनियाँको सहभागितामा सम्पन्न भएको छ । 

बेइजिङस्थित भारतीय दूतावासले आयोजना गरेको तेस्रो वसन्त मेलाले दुई मुलुकबीचको सम्बन्धलाई नयाँ उचाइमा लैजाने दुबै मुलुकका कूटनीतिज्ञहरुले बताएका छन् ।

गत अक्टोबरमा चिनियाँ राष्ट्रपति सि जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच रुसको कजानमा आयोजित ब्रिक्स सम्मेलनको क्रममा भएको भेटवार्तापछि दुई मुलुकको सम्बन्ध सामान्यीकरणतर्फ गएसङ्गै अहिले मेला आयोजना गरिएको भारतीय समाचार संस्था प्रेस ट्रष्ट अफ इण्डियाले जनाएको छ ।

मेलामा भारतीय खाना,गहना, हस्तकलाका ३५ वटा स्टल राखिएको थियो । चिनियाँहरुले भारतीय खाना, गहना र हस्तकलाका सामानप्रति विशेष रुची राखेको बेइङिस्थित भारतीय दूतावासले जनाएको छ ।

टिप्पणीहरू