लालीगुराँस फुलेपछि मनमोहक गुप्सिपाखा (फोटो फिचर)

वसन्त ऋतुसँगै गोरखाको धार्चे वरपरको पाखोमा लालीगुराँस ढकमक्क फूलेको छ । धार्चे गाउँपालिकाको गुप्सिपाखा क्षेत्र लालीगुराँस फूलले ढाकिएको छ । यसले हरियो जंगलको सुन्दरता बढाएकाले पर्यटकको चहलपहलसमेत बढ्न थालेको छ ।
यहाँ रातो रङका लालीगुराँस र गुलाबी, सेता र पहेंलालगायत प्रजातिका गुराँस पाइन्छन् । गोरखाको निकै दुर्गम र उत्तरी भेगमा पर्ने गुप्सिपाखामा लालीगुराँस र हरियाली पहाडले पर्यटकहरुलाई आकर्षण गर्नुसाथै उक्त क्षेत्रलाई शोभनीय पनि बनाएको छ ।
लालीगुराँस समुद्री सतहबाट एक हजार तीन सयदेखि चार हजार ६ सय मिटर उचाईमा पाइन्छ । चैत पहिलो सातादेखि फुल्ने यो फूल जलवायु परिवर्तनका कारण पछिल्लो समय माघ–फागुनमै फुल्न थालेको छ ।
लालीगुराँसको बढीमा ३० मिटरसम्म अग्लो हुन्छ । संसारमा लालीगुराँसका एक हजारभन्दा बढी प्रजाति पाइन्छ ।
तस्बिरहरु
टिप्पणीहरू