चिनियाँ प्रविधि गाम्बियाको कृषि विकासमा बरदान

चिनियाँ प्रविधि गाम्बियाको कृषि विकासमा बरदान
सुन्नुहोस्

अफ्रिकी मुलुक गाम्बियाको कृषि विकासमा चिनियाँ कृषि प्रविधिको प्रयोगले ठूलो सहयोग पुर्याएको छ । विशेषगरी धान रोप्ने मेसिनको प्रयोगपछि गाम्बियाको धान उत्पादनमा नयाँ किर्तिमान कायम भएको बताइन्छ । 

कृषिका उच्च प्रविधि र औंजारको प्रयोगले कृषकलाई समेत शारीरिक परिश्रममा ठूलो राहत पुगेको छ । चिनियाँ समाचार समितिले उत्पादन बढेकाले गाम्बियाले आयात गर्ने अन्नको परिमाण नै घटेको जनाएको छ । गत वर्ष मुलुकको धान उत्पादन बढेर ४८ हजार टन पुगेको थियो ।

स्थानीय मुसा डार्बोको फार्ममा चिनियाँ प्राविधिक तथा विशेषज्ञहरुले प्रविधिको प्रयोग र जमिनको उपयोगबारे बताउने गरेका छन् । लोङपिङ हाइटेक कम्पनीका कन्ट्री मेनेजर गाम्बियाको कृषि विकासमा जुटेका प्राविधिकमध्ये एक हुन् । उनका अनुसार सन् २०१९ देखि चीनले त्यहाँको कृषि विकासमा सहयोग गर्न थालेको हो । 

हालसम्म त्यहाँका तीन हजारभन्दा बढी किसान लाभान्वित भइसकेका छन् । चिनियाँ कृषि प्रविधिको प्रयोग बीऊ राख्नेदेखि उत्पादन र प्रशोधनसम्म भएको बताइन्छ ।

टिप्पणीहरू