बजारमा गुणस्तरहीन भारतीय औषधि

औषधि व्यवस्था विभागले गुणस्तरहीन दुई औषधि फिर्ता गर्न निर्देशन दिएको छ । बजार अनुगमनको क्रममा न्यून गुणस्तरको पाइएपछि ती औषधि फिर्ता गर्न लगाइएको छ ।
साइक्रोथ्रोपिक इण्डिया लिमिटेडद्वारा उत्पादित ब्याच नम्बर सी १६४३००८ को पिल्पन ४० एमजी र एरिस्टा फार्मास्युटिकल्स प्राइभेट लिमिटेडद्वारा उत्पादित ब्याच नम्बर एमपी ३२३३४८७ को एसिटोल ४० एमजीको औषधि फिर्ता लैजान निर्देशन दिइएको बताइन्छ ।
‘देहायको उत्पादकबाट उत्पादित तपसिलको ब्याच नं. को औषधीहरु न्यून गुणस्तर भएको पाइएकोले औषधी ऐन, २०३५ को दफा १४ बमोजिम बिक्रीवितरण रोक्का गरी उक्त ब्याच नं. का औषधीहरु बजारबाट तुरुन्त फिर्ता गर्नू,’ विभागको सूचनामा उल्लेख छ ।
सोको विवरण पेश गर्न सम्बन्धित उद्योग तथा तिनका प्रतिनिधिलाई निर्देश गर्दै विभागले उक्त औषधिको सिफारिस, बिक्रीवितरण तथा प्रयोग नगर्न नगराउन सबैलाई आग्रह गरिएको छ ।
टिप्पणीहरू