क्याबिनेटअघि प्रधानमन्त्रीले प्रचण्डसँग भेट्दै

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज काँग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्दै हुनुहुन्छ । उहाँहरुबीच दिउँसो ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा हुने भेटवार्ताको तयारी गरिएको छ ।
शीर्ष नेताहरुबीच संक्रमणकालीन न्याय टुंग्याउनेबारे छलफल हुन लागेको हो । उहाँहरुले सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा रहने पदाधिकारीहरुको नाममा सहमति जुटाउने प्रयास हुने बताइएको छ ।
त्यसपछि साँझ साढे ५ बजे सिंहदरबारमा क्याबिनेट बैठक डाकिएको छ । बिहान साढे ११ बजे प्रधानमन्त्री चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को दीक्षान्त समारोहमा भाग लिन कमलादीस्थित प्रज्ञाप्रतिष्ठान जाने कार्यक्रम छ ।
टिप्पणीहरू