विश्वविद्यालय परिसरमा चितुवा पसेपछि आतंक

विश्वविद्यालय परिसरमा चितुवा पसेपछि आतंक
सुन्नुहोस्

चितवनको रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय परिसरभित्र जंगली चितुवा छिरेको छ । विश्वविद्यालयले परिसरमा हिँडडुल गर्दा विशेष सावधानी अपनाउन अनुरोध गरेको छ । 

विश्वविद्यालयको कृषि संकाय परिसरभित्र केही दिनअघि चितुवा प्रवेश गरेको थियो । वाली विज्ञान फार्म एरियाभित्र चितुवा देखिएकाले सावधानी अपनाउन अनुरोध गरिएको छ । 

सूचनामा सतर्कता अपनाउन र साना बालबच्चालाई एक्लै नछाड्न अभिभावकहरुलाई अनुरोधसमेत गरिएको छ ।
 

टिप्पणीहरू