कालोसूचीमा परेका ठेकेदार कम्पनीमाथि प्रतिबन्ध

ठेक्का ओगट्ने तर समयमै काम सम्पन्न नगर्ने चार ठेकेदार कम्पनी कालोसूचीमा परेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत सार्वजनिक खरिद अनुगमन कार्यालयले ती निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको जनाएको छ ।
धनुषाको एसडी कन्स्ट्रक्सन, काठमाडौंस्थित अरनिको निर्माण कम्पनी प्रालि, भोजपुरको मनकामना सप्लायर्स र तारकेश्वरको आरएसए कन्स्ट्रक्सन त्यस्तो सूचीमा परेका हुन् ।
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम उनीहरुलाई एकदेखि तीन वर्षसम्मका लागि कालोसूचीमा राखिएको छ । उक्त अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा ती कम्पनीले भाग लिन पाउने छैनन् ।
टिप्पणीहरू