शीतल निवासमा सरकारको विरोध गरेपछि प्रचण्ड सिंहदरबारमा

शीतल निवासमा सरकारको विरोध गरेपछि प्रचण्ड सिंहदरबारमा
सुन्नुहोस्

प्रमुख तीन ठूला राजनीतिक दलका शीर्ष नेताहरुको बैठक शुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको बैठकमा नेकपा (एमाले)का अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली, सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी हुनुहुन्छ । 

त्यसअघि राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्न प्रचण्ड शीतल निवास पुग्नुभएको थियो । करिब ४० मिनेटको भेटमा प्रचण्डले राष्ट्रपतिसमक्ष सरकारकै असफलताको कारण नागरिकमा निराशा छाएको र प्रतिगामी शक्तिहरुको गतिविधि बढेको धारणा राखेको बताइएको छ ।

टिप्पणीहरू