तलब नपाएपछि ‘असम्भव’ लेखेका बालेनको खोजी

काठमाडौँ महानगरभित्रका शिक्षकहरुले पाँच महिनादेखि तलब नपाएपछि मेयर बालेन साहको ध्यानाकर्षण गराएका छन् । नेपाल शिक्षक महासंघ महानगर समितिले आज ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
महानगर प्रमुख प्रशासकीय अधिकृतविहीन भएकाले त्यहाँ कार्यरत कर्मचारी र शिक्षकहरुले तलब पाएका छैनन् । समयमै तलब नपाउँदा कोठाभाडा तिर्न नसकेको, दैनिक उपभोग्य सामान (दाल, चामल, तेल, नुनलगायत) किन्न नसकेको र औषधि उपचारमा समस्या भएको शिक्षकहरुको दुःखेसो छ ।
भोको पेटले विद्यार्थी पढाउन नसकिने भन्दै शिक्षकहरुले चाँडै तलब पाउने व्यवस्था गरिदिन आग्रह गरेका छन् । नक्सा विवादको कारण महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ बिदामा छन् । सरकारले नयाँ अधिकृत पठाएको छैन । सामान्य प्रशासन मन्त्रालयले गुरागाईँलाई नै निरन्तरता दिन महानगरलाई पठाएको पत्रको जवाफमा बालेनले ‘असम्भव’ लेखेका हुन् ।
टिप्पणीहरू