बुद्ध एअरको सिष्टम ह्याक, टिकटको पैसा गायब

बुद्ध एयरको सिष्टम ह्याक गरेर टिकट बिक्रीको खुलासा भएको छ । उक्त आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको जनाएको छ ।
मोरङको रंगेली घर भई हाल काठमाडौंको तारकेश्वर–९ बस्ने ४५ वर्षीय विकास भारती र गोरखाको अजिरकोट घर भई हाल तारकेश्वर–४ बस्ने ३७ वर्षीय बाबुराम अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनीहरुले बुद्ध एयरको सिष्टम ह्याक गरेर पछिल्लो दुई सातादेखि टिकट बिक्री गर्दै आएका थिए । ती दुबैले एक जना भारतीयको सहयोगमा सिष्टम ह्याक गरेको प्रहरीको अनुसन्धानबाट खुलेको हो । टिकट बिक्रीको रकम कम्पनीले नपाएपछि उक्त रहस्य खुलेको बताइन्छ ।
टिप्पणीहरू