एमसीसी परियोजना : परराष्ट्रमन्त्री खोल्ने, विप्लव रोक्ने

एमसीसी परियोजना : परराष्ट्रमन्त्री खोल्ने, विप्लव रोक्ने

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना रोक्न अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्पलाई पत्राचार गर्ने भएको छ । 

अमेरिकाले एमसीसी परियोजनालाई निरन्तरता दिन लागेको समाचारप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै पार्टीले उक्त कार्य रोक्न अमेरिकी राष्ट्रपतिलाई पत्राचार गर्न लागेको जनाएको छ ।

पार्टीको एमसीसी सरोकार समितिका संयोजक भरत सीद्वारा आज जारी विज्ञप्तिमा लेखिएको छ, ‘एमसीसी सरोकार समितिको तर्फबाट एमसीसी रोक्न अमेरिकी राष्ट्रपतिलाई पत्राचार गरिने जानकारी गराइन्छ ।’

पार्टीले एमसीसी लागू नगर्न र नयाँ राष्ट्रिय सहमति कायम गरी मुलुकको संविधान–कानून मातहत रहने सुनिश्चितता गरेर मात्रै अघि बढ्न सरकार र सम्बन्धित पक्षलाई समेत आग्रह गरेको छ । 

यसअघि परराष्ट्रमन्त्री डा. आरजू राणा देउवाले आफूले अमेरिकी अधिकारीलाई एमसीसी परियोजना सुचारु गर्न आग्रह गरेपछि नेपालमा रोकिएको एमसीसी पुनः सञ्चालन हुन थालेको बताउनुभएको थियो । मन्त्रीको सचिवालयले नयाँ दिल्लीमा भएको अमेरिकी अधिकारीसँगको भेटमा उक्त आग्रह गरिएको र लगत्तै नेपालमा एमसीसी परियोजना सञ्चालनको प्रक्रिया अघि बढेको जानकारी दिएको छ ।

टिप्पणीहरू