एमालेमा प्रतिस्पर्धा प्रतिवन्धित, विराटनगरमा यतिबेला रुवावासी

सत्तारुढ नेकपा एमालेको पत्रकार संगठन प्रेस चौतारी नेपालको दशौं राष्ट्रिय महाधिवेशनमा रुवाबासी चलेको छ । विराटनगरमा जारी महाधिवेशनमा अध्यक्षका आकांक्षी राजेश राईको सम्बोधनले सबैलाई भावुक बनाएको हो ।
मतदान कार्यक्रम नै नराखी अध्यक्षमण्डलले उम्मेदवारी मनोनयमै निषेध गरेपछि उनले महाधिवेशनस्थलमा सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा उनले चुनावी प्रक्रियामा सहभागी हुनै नदिएर अन्यापूर्ण तवरले आफूलाई रोकिएको गुनासोसहितको मार्मिक मन्तव्य राखेपछि महाधिवेशनस्थलमा रुवाबासी चेलेको हो ।
प्रतिस्पर्धामार्फत जित्न बन्देज लगाइएपछि अध्यक्ष बन्नबाट बन्चित राजेश शालिन भाषामा राजनैतिक प्रकृतिको सम्बोधन गरेर हलबाट निस्किएपछि उनी समर्थकहरु बाहिर रोइरहेका छन् । राजेशले प्रत्येकलाई सम्हाल्दै नरुन सम्झाइरहेको र यतिबेला मनास्लु होटेलको प्राङ्गण मनोनिलाई अबिर लगाएर बधाइ दिने कि एउटा लोकतान्त्रिक पध्दतिको चीरहरणमा शोकमग्न हुने भन्ने दोसाँधमा देखिन्छ । त्यहाँको वातावरण 'शोक सभा' जस्तो बनेको एक प्रतिनिधिले बताए ।
"प्रतिस्पर्धामार्फत श्रेष्ठता कायम गर्न इच्छुक उनी समर्थकहरु बाहिर रोइरहेका छन् । राजेश ती प्रत्येकलाई सम्हाल्दै नरुन सम्झाइरहेका छन् । यतिबेला मनास्लु होटेलको प्राङ्गण मनोनीतलाई अबिर लगाएर बधाइ दिने कि एउटा लोकतान्त्रिक पध्दतिको चीरहरणमा शोकमग्न हुने भन्ने दोसाँधमा देखिन्छ ।"
त्यसअघि राजेशले भनेका थिए, 'यस संगठनमा एकसे एक होनहार नेताहरू छन् । प्रेस चौतारी नेपाल हाँक्न एक से एक सक्षम नेता छन् । मञ्चमा बस्नेले तल बस्नेलाई लल्कार्नु हुँदैन । पदहरू अस्थायी हुन् , ज्ञान र विवेक स्थायी हुन् । पदले एक वर्ष शासन गर्ला बुद्धिले सधैं शासन गर्छ ।'
उनले चौतारीको अध्यक्ष पद मागेर अरू कुनै पद लियो भनिएको कुराको खण्डन गर्दै अब सम्पादन कक्षमा भेटिने बताए ।
'म सम्पादन कक्षमा हुनेछु । २२ वर्षको अवधिमा एमालेका नाममा पार्टीको नाममा सबै दिएको हो । प्रतिनिधिले निर्वाचन भयो भने चुनाव जित्छस् भनेका थिए । तर, प्रतिनिधिको भावना सम्बोधन भएन' उनले गुनासो गरेका थिए ।
अबको केहीबेरमा अध्यक्ष केपी ओलीको निर्देशनअनुसारको नाम घोषणा गर्ने तयारी छ।
टिप्पणीहरू