प्रहरीमा असन्तुष्टीको ग्राफ बढ्दो

प्रहरीमा असन्तुष्टीको ग्राफ बढ्दो

नेपाल प्रहरीमा अचम्मको खेलोफड्को हुन थालेको छ । महानिरीक्षकको नियुक्तिसङ्गै रिक्त आधा दर्जन एआईजीमा बढुवाको निम्ति दौडधुप चर्को छ । 

कार्यसम्पादन मूल्यांकनमा निकै तल परेकालाई समेत उकाल्ने गरी यसअघिका सबै प्रक्रिया अवरुद्ध पार्न लागिएको भन्दै आलोचना शुरु भएको छ । कतिपयले बढुवामा हाकाहाकी ‘आर्थिक चलखेल’ को गन्ध आएको आरोप लगाएका छन् । स्रोत भन्छ, ‘पैसाले नै सबथोक हुने भएपछि फिल्डमा मरेर किन काम गर्ने ?’ 

राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर) सेवाबाट नेपाल प्रहरीतिर स्थानान्तरण भएकामध्ये कम्तीमा दुई जनालाई कोटामा पार्ने तयारीको संकेतपछि ती आरोप सुनिन थालेका हुन् । जनआस्थासँगको कुराकानीमा भूपू आइजिपीमध्येका एक जना भन्छन्,‘निजामती कर्मचारीको नेतृत्व राजप्रसाद (दरवार) सेवाबाट आएकाले गर्ने र सेनाको नेतृत्व विद्रोही माओवादीबाट समायोजित यमबहादुर अधिकारी "प्रतिक्षा" ले गर्ने भयो भने अरु किन चाहियो ?’

नेपाल प्रहरीको विद्यमान नियमावली २०४९ मा समेत तालिममा प्राप्त अंकको आधारमा ज्येष्ठता कायम हुने व्यवस्था छ । उदाहरण दिँदै एकजनाले भने, ‘२०६० सालमा तालिम गरेको मान्छे २०५४ को भन्दा वरिष्ठ हुन्छ ?’  उनका अनुसार सांगठानिक मर्यादाक्रममा पनि सुरक्षा निकायमध्ये अनुसन्धान विभाग सबैभन्दा पुछारमा छ । ‘त्यस्तो अवस्थामा प्रोटोकल मान्नुपर्छ किन पर्दैन ?’

टिप्पणीहरू