रत्नपार्क वरपर सुरक्षा व्यवस्था कडा, सरकारलाई बालेनको अर्को चुनौती

रत्नपार्क वरपर सुरक्षा व्यवस्था कडा, सरकारलाई बालेनको अर्को चुनौती
सुन्नुहोस्

नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई सरकारले हिजो बर्खास्त गरेपछि आज प्राधिकरणको मुख्यालय, रत्नपार्क परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । नवनियुक्त प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यलाई कार्यालय प्रवेश गर्न नदिने भन्दै सर्वसाधारणहरु प्राधिकरणको भवन घेराउ गर्न पुगेपछि सुरक्षाकर्मीको बाक्लो उपस्थिति गराइएको छ ।

उता नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थीहरुले झन् प्रदर्शनीमार्गस्थित विश्वभाषा क्याम्पस परिसरमा ऊर्जामन्त्री दीपक खड्को पुत्ला जलाएका छन् । ‘बिचौलिया र भ्रष्टाचारीको मुखिया’ भन्दै उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्री खड्काविरुद्ध नाराबाजीसमेत गरेका छन् ।

काठमाडौँ महानगरका मेयर बालेन साहले सरकारमाथि लगातार ‘फेसबुक प्रहार’ गरेका छन् । शिक्षकहरुले अस्ति महानगरको कार्यालयमा पुगेर पाँच महिनादेखि रोकिएको तलब चैत तेस्रो सातासम्म बैंक खातामा हाल्न अल्टिमेटम दिएपछि उनी चर्को दबाबमा परेको बताइन्छ । हिजो साँझ उनैले फेसबुकबाट ‘सबैलाई टुकुचामा गाड्ने’ चेतावनी दिएका छन् । 

सरकारको दम्भले महानगरका सरसफाई कर्मचारीले समेत तलब नपाएको उनको भनाइ छ । अशुद्ध भाषामा लेखेका छन्, ‘को को ले के के आन्दोलन गर्ने हो, मलाई थाहा छैन’, उनले भनेका थिए, ‘अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाडदिन्छु, तिमीहरुको के के तन्त्र हो, पछि हेरौँला ।’

उनैले आफूलाई गलत सावित गरेर जेल हाल्न सरकारलाई चुनौती दिएका छन् । महानगरले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्दै उनले यस्तो त्यस्तो चुनौती दिएका हुन् । ‘यति धेरै कानुन मिच्ने भ्रस्टाचारीलाई बचाउने सरकार अनि हामी सुशासनको कुरा चाहिँ भाषणमा सुन्नुपर्ने ! प्रतिवेदनमा उल्लेख गरिएका कुरा गलत भए मलाइ जेल हाल’, उनको चेतावनी छ ।

तस्बिरहरुः


 

टिप्पणीहरू