एकैठाउँमा सत्तोसराप र शुभकामना !

एकैठाउँमा सत्तोसराप र शुभकामना !
सुन्नुहोस्

नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकबाट कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णयविरुद्ध माइतीघरमा प्रदर्शन भएको छ । कुलमानका समर्थकहरु विभिन्न ठाउँबाट भेला भएर सरकारविरुद्ध एक जुट भएका हुन् । 
 

उनीहरुले ‘केपी चोर, देश छोड्’, ‘भ्रष्ट मन्त्री, मुर्दावाद !’, ‘जाग्यो जनता, अत्ति भयो अब त’ लगायतको नाराबाजी गरेका हुन् । उनीहरुले ठूला अक्षरमा ‘लोडसेडिङ चाहिँदैन, कुलमान हटाउन पाइँदैन’ लेखिएको कालो ब्यानरसमेत बोकेका छन् । सरकारले हिजोको निर्णय फिर्ता लिनुपर्ने उनीहरुको माग छ । 

‘उज्यालो नेपाल, जिन्दावाद !’ भन्दै प्रदर्शनकारीले सर्वोच्चबाट पुनःबहालीको लागि  कुलमानलाई शुभकामना दिएका छन् । प्रदर्शन क्षेत्रमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ ।

तस्बिरहरु

 

टिप्पणीहरू