सडकमा 'बालेन चोर देश छोडको नारा', तत्काल पक्राउ गर्न युवा संघको माग

सडकमा 'बालेन चोर देश छोडको नारा', तत्काल पक्राउ गर्न युवा संघको माग
सुन्नुहोस्

सामाजिक सञ्जालका 'हिरो' काठमाडौँ महानगरका मेयर बालेन्द्र उर्फ बालेन साहविरुद्ध सडकमा नारा लागेको छ । 

कवाड व्यवसायी संघर्ष समितिले आज काठमाडौँमा आयोजना गरेको विरोध प्रदर्शनमा 'बालेन चोर देश छोड' को नारा लागेको हो । काठमाडौँ महानगरले खोसेको सामान फिर्ताको माग गर्दै व्यवसायीहरु दिउँसो सडकमा ओर्लिएका थिए । 

कवाडी व्यवसायी संघर्ष समितिका संयोजक राम केबल गुप्ताको नेतृत्वमा काठमाडौं-१२ स्थित वातावरण व्यवस्था विभागको कार्यालयअगाडि भेला भएका उनीहरुले महानगरले जफत गरेको समान र साईकल तत्काल फिर्ता नगरे थप संघर्ष अघि बढाउने चेतावनी पनि दिएका छन् । त्यसक्रममा 'राजु पाण्डे मूर्दावाद', 'लुटिएको सामान फिर्ता गर', 'काठमाडौं महानगरको ज्यादती बन्द गर', को नारा पनि लागेको थियो ।

यता, सरकारको विरोध गर्दै टुकुचामा मान्छे गाड्ने चेतावनी दिएका बालेनलाई तत्काल पक्राउ गरी कानुनी कारवाही गर्नुपर्ने माग उठेको छ । सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेको भातृ संस्था युवासंघ नेपाल, काठमाडौँ महानगर कमिटीले त्यस्तो माग राखेको हो । 

बालेन्द्रले हिजो साँझपख फेसबुकमा स्टाटस लेख्दै सरकारको दम्भका कारण महानगरका सफाई कर्मचारीले तलव नपाएको भन्दै आक्रोश पोखेका थिए । एक हप्ताभित्रमा तलव नपाए सबैलाई टुकुचामा गाड्ने उनको चर्को धम्कि थियो ।

मदिराको सनकमा बालेन्द्रले यस्तो अभिव्यक्ति दिएको भन्दै एमालेका युवाले समाजलाई नभड्काउन सचेतसमेत गराएका छन् । यस्ता आपत्तिजनक अभिव्यक्ति दिने मेयरलाई अबिलम्ब कानुनी कठघरामा उभ्याउन युवासंघले जोडदार माग गरेको माग गरेको छ ।

टिप्पणीहरू