कुलमानको पक्षमा नारा लाउँदै हिँडेका बहुमतका मान्छे सिंहदरबारबाट गिरफ्तार

कुलमानको पक्षमा नारा लाउँदै हिँडेका बहुमतका मान्छे सिंहदरबारबाट गिरफ्तार
सुन्नुहोस्

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध नेकपा बहुमत पनि सडकमा ओर्लिएको छ । 

बहुमतका कार्यकर्ताले आज अपराह्न सिंहदरबारको दक्षिण गेटमा उभिएर सरकारको विरोध गरे । कुलमानलाई गैरन्यायिक र प्रतिशोधपूर्ण तरिकाले हटाएको विरुद्ध प्रदर्शनमा उत्रिएका १२ जना आन्दोलनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको उक्त पार्टीले जनाएको छ । 

पक्राउ पर्नेमा पार्टीका नेता ध्रुव, दर्शन, प्रलाद, अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष वीरेन्द्र शाह, उपाध्यक्ष रुपा बुढामगर, सर्जन पाण्डे, लक्ष्मी शाह, दिनेश नेपाली र समिर बिक लगायत रहेको बताइएको छ । 

सोमबार बसेको क्य्याविनेट बैठकले कुलमानलाई पदबाट हटाउने निर्णय गरेको थियो । सत्तारुढ नेपाली कांग्रेसकै एकथरी नेताले उक्त निर्णयको विरोध गरिरहँदा आज दिनभर विभिन्न राजनीतिक दल, संघ संगठन र समूहले काठमाडौँमा प्रदर्शन गरेका छन् ।

तस्बिरहरु

टिप्पणीहरू