‘बक्यौता नउठाउन कुलमानमाथि कारबाही’

‘बक्यौता नउठाउन कुलमानमाथि कारबाही’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उद्योगीबाट बक्यौता रकम उठाउन नदिन सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको दाबी गरेको छ । 

सरकारले बदनियतपूर्वक उनलाई बर्खास्त गरेको भन्दै रास्वपाले बिचौलिया संरक्षणको श्रृंखलाअन्तर्गत नै उक्त कारबाही भएको बताएको हो । 

घिसिङले दैनिक १८ घण्टासम्म लोडसेडिङको मार खेपिरहेका नेपाली जनतालाई अँध्यारोको सकसबाट मुक्त गर्न मुख्य भूमिका निभाएको उल्लेख गर्दै रास्वपाले भनेको छ, ‘संविधानले नचिन्ने दुई दलीय संयन्त्रसमेतको सम्मतिमा गरिएका यस्ता जनविरोधी कदमहरुबाट देशमा केही गरौं भन्ने आम युवा र सचेत नागरिक पूर्णतः निरुत्साहित भएको राष्ट्रिय स्वतन्त्र पार्टीको ठहर छ ।’

यसबाट दुई–तिहाई समर्थन प्राप्त सरकार भ्रष्ट, अकर्मण्य, निरीह, निष्प्रभावी, अनुत्तरदायी र प्रतिशोध केन्द्रित रहेको प्रमाणितसँगै वर्तमान सरकारको औचित्य समाप्त भएको रास्वपाले बताएको छ । साथै, भ्रष्टाचारी जोगाउने र बिचौलिया पोस्ने जगमा बनेको सरकारको विरोधमा गरिने शान्तिपूर्ण कार्यक्रममा पार्टीको ऐक्यबद्धता रहने जनाइएको छ ।

टिप्पणीहरू