पूर्वराजा ज्ञानेन्द्रविरुद्ध जाहेरी दिनुअघि पत्रकार सम्मेलन

पूर्वराजा ज्ञानेन्द्रविरुद्ध जाहेरी दिनुअघि पत्रकार सम्मेलन
सुन्नुहोस्

पूर्वराजा ज्ञानेन्द्र शाह र उनका छोरा पारसलाई दरबार हत्याकाण्डको मुख्य आरोपी बनाएर प्रहरीमा किटानी जाहेरी दर्ता गराउन लागिएको छ । 

सचेत नेपाली पार्टीका अध्यक्ष पुण्यप्रसाद प्रसाईंले आज जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दिन लागेको बताइएको छ । त्यसअघि दिउँसो साढे १ बजे बत्तिसपुतलीस्थिति मिडिया सेन्टरमा पत्रकार सम्मेलन गरी त्यसबारे प्रष्ट पार्ने जानकारी गराइएको छ । 

प्रसाईंको नामबाट सार्वजनिक सूचनामा लेखिएको छ, 'राजा वीरेन्द्रको वंशनाश गर्ने दरबार हत्याकाण्ड पुनः छानविनको माग गर्दै भूपूराजा ज्ञानेन्द्र वीर विक्रम शाह र तत्कालीन युवराज पारस वीर विक्रम शाहलाई आरोपी बनाएर जिल्ला प्रहरी कार्यालय काठमाडौँमा दिन लागिएको किटानी जाहेरीको प्रेस मिटमा सबै मिडियाकर्मीलाई हार्दिक निमन्त्रण !'

टिप्पणीहरू