कुलमान बर्खास्तीबारे माओवादीः प्राधिकरणलाई विचौलियाको हातमा सुम्पिने खेल

कुलमान बर्खास्तीबारे माओवादीः प्राधिकरणलाई विचौलियाको हातमा सुम्पिने खेल
सुन्नुहोस्

नेपाल विद्युत प्राधिकरणलाई बिचौलियाको हातमा सुम्पन कार्यकारी निर्देशक कुलमान घिसिङ्गलाई हटाएको सरकारमाथि आरोप लागेको छ । 

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले त्यस्तो दावी गरेको हो । आजको प्रतिनिधिसभा बैठकमा विपक्षीको तर्फबाट बोल्दै सांसद शक्ति बस्नेतले घिसिङको बर्खास्ती वक्यौता उठाउन नदिने, जलमाफियाहरुको स्वार्थ पूरा गर्ने, विद्युत प्राधिकरणलाई विचौलियाहरुको हातमा सुम्पिने उद्देश्यका साथ भएको बताए ।

'स्पष्टिकरणको नौटंकी कुलमान घिसिङको बर्खास्ती वक्यौता उठाउन नदिने, जलमाफियाहरुको स्वार्थ पूरा गर्ने, विद्युत प्राधिकरणलाई विचौलियाहरुको हातमा सुम्पिने खेल हो भन्ने कुरा आम जनताले बुझेका छन्', उनले भने, 'आम जनता यस विषयमा स्पष्ट छन् ।’

सरकार स्वार्थ समूहको पृृष्ठपोषण र वैशाखीमा निर्माण भएकै कारण विचौलियाको हित र रक्षाको निम्ति समर्पित भएको बस्नेतको टिप्पणी छ । सरकारले दुई तिहाईको सामर्थ्य एक राष्ट्रसेवक कर्मचारीको मानमर्दन र अपमानित गर्न प्रदर्शन गरिराखेको उनले बताए ।

‘सरकार स्वार्थ समूहहरुको पृष्ठपोषण र बैसाखीमा निर्मित भएको कारणले स्वार्थ समूह र विचौलियाहरुको हित र रक्षाको निम्ति आफूलाई समर्पित गर्नु सरकारको नियत र नियति बनिरहेको छ । लोकतन्त्रमा संख्या महत्वपूर्ण कुरा हो । तर, संख्याका पहाडहरु जनचाहानाका सामु गल्र्याम्गुर्लम ढलेका इतिहासहरु र अनुभवहरु हाम्रै वरिपरि छन्', सांसद बस्नेतले भने, 'सरकारले यसतर्फ ध्यान दिइराखेको छैन । यतिबेला सरकारले आफ्नो दुई तिहाईको सामथ्र्य एक राष्ट्रसेवक कर्मचारीको मानमर्दन गर्न, अपमानित गर्न र एउटा सार्वजनिक संस्थामाथि आफ्नो सामथ्र्य प्रदशन गरिराखेको छ ।'

सरकारले एकपछि अर्को विवादित निर्णय गर्दै आफ्नो औचित्य गुमाउँदै गइरहेको माओवादीको ठहर छ । कुलमानलाई हटाइएको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ नदिएसम्म सदन चल्न नदिने घोषणा गर्दै विपक्षीहरुले बैठक अवरोध गरेका छन् ।

टिप्पणीहरू