रत्नपार्कमा आज पनि तनाव

रत्नपार्कमा आज पनि तनाव

रत्नपार्कस्थित नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालय परिसर आज पनि तनावग्रस्त भएको छ । प्रबन्ध निर्देशकबाट कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयविरुद्ध सडकमा उत्रिएका प्रदर्शनकारी कार्यालय घेर्न पुगेपछि प्रहरीसँग धकेलाधकेल भएको बताइन्छ । 

प्रदर्शनकारीहरुले प्रधानमन्त्री केपी शर्मा ओली र ऊर्जामन्त्री दिपक खड्काको विरोधमा चर्को नाराबाजी गरेका छन् ।  प्रदर्शनमा उत्रिएका युवाहरुले कुलमानलाई हटाउने निर्णत तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन् भने कार्यालय गेटबाहिर ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

उनीहरुले हिजो पनि प्राधिकरणको मुख्यालय घेराउ गरेका थिए । बानेश्वर, माइतीघरलगायत काठमाडौँका विभिन्न स्थानमा फरक–फरक समूहले जुलुस समेत निकालेको थियो ।

तस्बिरहरु

टिप्पणीहरू