बुढीदेवी डाँडाको आगलागीबाट सतर्क रहन सूचना

बुढीदेवी डाँडाको आगलागीबाट सतर्क रहन सूचना

ललितपुरको बागमती गाउँपालिका–४ प्युटारस्थित बुढीदेवी डाँडामा भीषण आगलागी भएको छ । 

हिजो साँझदेखि शुरु भएको आगलागी अहिलेसम्म पनि नियन्त्रणमा आउन सकेको छैन् । आगो बस्तीमा पस्ने जोखिम बढेपछि वडाध्यक्ष रामकुमार लामाले स्थानीयलाई सजग गराएका छन् । 

वडाध्यक्ष लामाले सूचना जारी गर्दै स्थानीय बासिन्दालाई सतर्क रहन भनेका हुन् । त्यसैगरी, उनले आगो निभाउनका लागि सहयोग गर्न सबैमा आग्रह गरेका छन् । 

‘हालसम्म पनि आगो नियन्त्रण नभएको हुँदा उक्त आगलागीबाट अन्यत्रसमेत डढेलो लाग्ने सम्भावना भएको र उक्त बस्ती क्षेत्रमा समेत असर पुग्न गएकोले यस वडाका सम्पूर्ण सरोकारवाला निकायहरु, बुद्धिजीवी, समाजसेवीलगायत सम्पूर्ण प्युटारबासीलाई डढेलो नियन्त्रण गर्ने कार्यमा सहयोग गरिदिनुहुन विनम्र अनुरोध गर्दछु’,आज जारी सूचनामा उल्लेख छ ।

टिप्पणीहरू