साइप्रसका अधिकाशं विश्वविद्यालयमा एनओसी रोक

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले साइप्रसका सात विश्वविद्यालयका लागि मात्रै वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) जारी गर्ने भएको छ ।
नेपाली दूतावास तेलअविभको प्रतिनिधिले गरेको स्थलगत अनुगमनका क्रममा सात विद्यालयले मात्रै शैक्षिकस्तर मापदण्ड पालना गरेको पाइएपछि मन्त्रालयले अन्य विश्वविद्यालयमा एनओसी जारी गर्न रोकेको हो ।
फ्रेडरिक विश्वविद्यालय, युरोपियन युनिभर्सिटी अफ साइप्रस, युनिभर्सिटी अफ निकोसिया, युनिभर्सिटी अफ सेन्ट्रल ल्यन्कासाइर, युनिभर्सिटी अफ साइप्रस, ओपन युनिभर्सिटी अफ साइप्रस, साइप्रस युनिभर्सिटी अफ टेक्नोलोजीमा अध्ययन गर्न जाने विद्यार्थीले मात्र एनओसी पाउने मन्त्रालयले स्पष्ट पारेको छ ।
‘साइप्रसमा रहेका अन्य कुनैपनि कलेजहरुमा शैक्षिकस्तर मापदण्ड र शैक्षिक वातावरणका हिसाबले विद्यार्थीका लागि उपयुक्त नरहेको भनि उल्लेख भई परराष्ट्र मन्त्रालयको च.नं.ईए–ईयु–सिवाईपी–१३–७४६७ मिति २०८१–१०–२९ गतेको पत्रबाट उल्लेख भई आएको सन्दर्भमा मन्त्रालयको मिति २०८१–१२–६ गते (सचिवस्तर) को निर्णयका आधारमा ती सात वटा विश्वविद्यालयहरुमा मात्र एनओसी जारी गर्ने...’,सूचनामा उल्लेख छ ।
टिप्पणीहरू