कुलमानको कार्यकाल बाँकी नरहेको हितेन्द्रदेवको दाबी

कुलमानको कार्यकाल बाँकी नरहेको हितेन्द्रदेवको दाबी

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले नेपाल विद्युत् प्राधिकरणमा कुलमान घिसिङको कार्यकाल बाँकी नै नभएको दाबी गरेका छन् । सर्वोच्च अदालतमा भर्खरै दर्ता भएको शाक्यको रिटमा उनको कार्यकाल बाँकी नरहेको उल्लेख छ । 

यसअघि २०७८ साउन २५ गते तत्कालीन देउवा सरकारले त्यसबेलाका प्रबन्ध निर्देशक शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरेर कुलमान घिसिङलाई उनको ठाउँमा नियुक्त गरेको थियो । शाक्यले सोही निर्णयविरुद्ध दायर गरेको रिट हालसम्म सर्वोच्च अदालतमा विचाराधीन छ । 

त्यतिबेलाको रिटमाथि बेलैमा अदालतको आदेश नआएको र हाल सरकारले पुनः नियुक्ति गरेकाले घिसिंगको कार्यकाल बाँकी नरहेको उनको दाबी छ ।

टिप्पणीहरू