चीनद्वारा अमेरिकाविरुद्ध मुद्दा दायर

अमेरिकाले हालै घोषणा गरेको भन्सार दर वृद्धिको विरोध गर्दै चीनले विश्व व्यापार संगठन (डब्लुटिओ) मा मुद्दा दायर गरेको छ । चिनियाँ वाणिज्य मन्त्रालयले अमेरिकाले लगाएको थप करविरुद्ध मुद्दा दर्ता गरिएको जनाएको छ ।
चीनले विश्व व्यापार संगठनको विवाद समाधान संयन्त्रमा मुद्दा दायर गरेको हो । मन्त्रालयका प्रवक्ता हे याडोङले अमेरिकाको भन्सार शुल्क वृद्धिका पछिल्ला निर्णयलाई एकपक्षीयता र संरक्षणवादको उदाहरण भनेको छ । यसले डब्लुटिओका मूलभूत निर्देशनको ठाडो उल्लंघन भएको चीनको ठहर छ ।
टिप्पणीहरू