अमेरिकासँगको परम्परागत सम्बन्ध समाप्त : क्यानडा

क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकासँग कायम रहेको परम्परागत सम्बन्ध समाप्त भएको बताएका छन् । उनले अमेरिकासँगको सैन्य सुरक्षादेखि आर्थिक सम्बन्धसमेत अन्त्य भएको उल्लेख गरे ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कर वृद्धिको नीतिले आफ्नो मुलुकको अर्थतन्त्र प्रभावित भएपछि क्यानडाका प्रधानमन्त्रीको उक्त धारणा आएको हो । ट्रम्प प्रशासनले क्यानडाबाट आयातित सवारी साधन र सवारी पाट्र्समाथि २५ प्रतिशत स्थायी करको घोषणा गरेका छन् ।
टिप्पणीहरू