तोडफोडपछि राजावादीहरुले गरे निजी घरमा आगजनी

तीनकुनेस्थित एक घरमा आगजनी भएको छ । तोडफोडपछि राजावादी समूहले घरमा आगजनी गरेका हुन् । उक्त आगो निभाउन हालसम्म दमकल पुगेको छैन राजावादी समूहले व्यक्तिको घरबाट सामान निकालेर सडकमा जलाइरहेका छन् ।  

राजावादी समूह अराजक बनेपछि स्थानीयको घर तोडफोड गरिएको हो । उनीहरुले ढुंगा प्रहार गरेर तीन वटा घरको सिसा फुटाइदिएका छन् । 

उनीहरुले व्यक्तिको घरमा प्रवेश गर्दै विध्वंश मच्चाएपछि स्थानीय आतंकित भएका हुन् ।

टिप्पणीहरू