दुर्गा प्रसाईंविरुद्ध प्रहरीमा उजुरी

दुर्गा प्रसाईंविरुद्ध प्रहरीमा उजुरी

राजावादी आन्दोलनका कमाण्डर तथा विवादस्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध साइबर ब्यूरोमा उजुरी परेको छ । लैङ्गिक तथा यौनिक अल्पसंख्यक (जीएसएम) समुदायविरुद्ध घृणा फैलाएको भन्दै मायाको पहिचान नेपाल नामक संस्थाले उनीविरुद्ध उजुरी दर्ता गरेको छ ।

उक्त संस्थाका कार्यकारी निर्देशक सुनिलबाबु पन्तले आज प्रसाईंविरुद्ध उजुरी दर्ता गर्दै आवश्यक कानूनी कारबाहीको माग गरेका छन् । ‘दुर्गा प्रसाईंका अनलाइन अभिव्यक्ति तथा गतिविधिको छानबिन गरी साइबर अपराध ऐन उल्लंघन गरेको आरोपमा आवश्यक कानूनी कारबाही गर्न माग गर्दछौं,’ उजुरीमा उल्लेख छ । 

प्रसाईंले जीएसएम समुदायविरुद्ध घृणा फैलाउने प्रचलित कानूनबमोजिम प्रतिबन्धित भ्रामक र उत्तेजक अभिव्यक्ति दिएको उनको आरोप छ । ‘समलिङ्गी विवाहलाई युएसएआईडीद्वारा वित्तिय सहयोग गरिएको भनी झुटो प्रचार गरेका छन्, जुन पूर्णतः भ्रामक र नेपालको जीएसएम–जीबीटीआई समुदायको कानूनी पहिचान तथा ऐतिहासिक निर्णयहरुको अपमान हो,’ उजुरीमा उल्लेख छ ।

टिप्पणीहरू