गभर्नर नियुक्तिमा प्रचण्डको चासो

गभर्नर नियुक्तिमा प्रचण्डको चासो

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले योग्य व्यक्तिलाई राष्ट्र बैंकको गभर्नर नियुक्त गर्नुपर्ने बताउनुभएको छ । प्रेस सेन्टर नेपालको महाधिवेशन उद्घाटन गर्दै उहाँले मुलुकको अर्थतन्त्र सहज अवस्थामा नरहेकाले योग्य व्यक्तिको नियुक्तिमा जोड दिनुभएको छ ।

उहाँले भन्नुभयो, ‘को मेरो मान्छे, को तेरो मान्छे, कसलाई ल्याउँदा कति फाइदा हुन्छ ? राष्ट्रलाई होइन, आफूलाई फाइदा भन्ने सोचियो भने त्यसले अर्थतन्त्र सुधार गर्न सहयोग गर्दैन ।’

टिप्पणीहरू