अस्ति लुटिएकाे लिपिस्टिक, गाजल, ट्राउजर बरामद

कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट लुटपाट गरेको आरोपमा पक्राउ पर्नेको संख्या नौ पुगेको छ । हिजो छ र आज तीन जनालाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
उनीहरुको साथबाट लुटपाट गरिएको सामानसमेत बरामद गरिएको एसपी अंगुर जिसीले जानकारी दिए । आज पक्राउ परेकामा धनुषाका आशिष सिंह, सर्लाही घर भएका प्रेमकुमार महतो र भारतीय राज्य बिहारका रविरञ्जन कुमार हुन् ।
हिजो नुवाकोटका सुशिला कुमाल, धरानकी एलिसा राई, सिन्धुपाल्चोककी निर्मला कार्की, बालकुमारी कार्की, चित्रमाया बस्नेत र सुशिला बराल पक्राउ परेका थिए ।
उनीहरुको साथबाट मदिराका बोटल (ब्ल्याक लेबल, ज्याक डेनियल्स, यर्सागुम्बा, बियर), कपडा (हाफ पाइन्ट, ट्राउजर), अण्डाको क्यारेट, फलफूल र कस्मेटिकका सामान (लिपिस्टिक, ऐना, गाजल) बरामद भएको छ । थप अनुसन्धान र कारबाहीको लागि सबैलाई प्रहरी वृत्त बानेश्वरमा बुझाइएको एसपी जिसीले बताएका छन् ।
टिप्पणीहरू