परिस्थितिको दवावमा प्रधानमन्त्री

परिस्थितिको दवावमा प्रधानमन्त्री

प्रतिनिधि सभाको आज बिहान बस्न लागेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नुहुने कार्यक्रम तय भएको छ । शुक्रबार सभामुख देवराज घिमिरेले डाकेको बैठकमा प्रमुख दलका मुख्य सचेतकहरूले उक्त सहमति गरेका थिए । 

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट बर्खास्त गरेपछि माओवादी केन्द्रलगायत विपक्षी दलहरुले प्रधानमन्त्री ओलीसँग उक्त बर्खास्तीको कारण माग गर्दै केही दिनदेखि संसद बैठक अवरुध्द पारेका छन् । अर्कोतर्फ सरकार आफैँले जारी गरेका आधा दर्जन विधेयक संसदबाट आज मध्यरातिसम्म अनुमोदन गर्नुपर्ने दबाबमा छ ।

टिप्पणीहरू